
काठमाण्डु,१८ फागुन– नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल अर्को वर्ष सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।
सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सफल भएको थियो ।
यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।