
काठमाण्डु, १७ फागुन– नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन ।
अखिल नेपाल फुटबल संघ एन्फाको आज बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेअख गरीएको छ । एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन मागेपछि १६८ जनाले निवेदन पेश गरेका थिए ।
जसमध्येबाट पदपूर्ति समितिले २० जनाको नाम सर्टलिस्ट गरेको थियो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।
अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्ने भएका छन । यस्तै वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय भएको छ ।