काठमाण्डु,१६ फागुन– नेपालेले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा मलेसियामाथि शानदार जित निकालेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो ।
जम्मा ७३ रनको लक्ष्य पाएको नेपालले ९ ओभरमा पूरा गरेको हो । नेपालको जितमा ओपनर दीपक बोहरा २९ बलमा ८ चौकासहित ३८ र अर्जुन कुमाल २५ बलमा ३ चौकासहित अविजित २१ रन जोडेका थिएका थिए ।
टस जितेर ब्याटिङ रोजेको मलेसिया ३५।३ ओभरमा ७२ रन जोड्दै अलआउट भयो। मलेसियाका लागि मोहम्मद अकरम मलेक सर्वाधिक २६ रन बनाएका थिए ।
नेपालका लागि दीपेशले १० ओभरमा ४ मेडनसहित जम्मा ११ रन खर्चेर ४ विकेट लिएका थिए । आकाश चन्दले ४।३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिएका थिए ।
मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चेर २ विकेट लिएका थिए । लगातार ४ खेल जितेर अंकतालिकाको शीर्ष नम्बरमा उक्लिएको नेपाल विश्वकपनजिक पुगेको छ । नेपाले आगामी बिहीबार यूएईलाई पराजित गरेमा आगामी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ