अल्मेरियासँग बार्सिलोना पराजित

काठमाण्डु टुडे २०७९ फागुन १५ गते ११:३४ मा प्रकाशित

एजेन्सी– स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको क्याटलान क्लब बार्सिलोना अल्मेरियासँग पराजित भएको छ । गएराति राति अल्मेरियाको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा अल्मेरियाका इएल विलाल टोउरेले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको २४औं मिनेटमा लुइस सुआरेजको पासमा विलालले गोल गरे । त्यसपछि गोल नहुँदा बार्सिलोनालाई स्तब्ध पार्न विलालको गोल नै निर्णायक बन्यो। सो सिजन ला लिगामा बार्सिलोनाले दोस्रो हार बेहोरेको छ ।

यसअघि १६ अक्टोवर २०२२ मा बार्सिलोना रियल मड्रिडसँग ३–१ ले पराजित भएको थियो। आइतबार रातिको खेलमा बेहोरेको हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us