
एजेन्सी– फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी)का मुख्य स्ट्राइकर नेयमार गम्भीर घाइते भएका छन । आइतबार राति भएको खेलमा नेयमार घाइते हुँदै मैदानबाट बाहिरिएका छन ।
मेडिकल टिमले नेयमारको चोट जाँच गरिसकेपछि कम्तीमा पनि एक महिना मैदान बाहिर हुने बताएको छ । मुख्य स्ट्राइकर नेयमार नै एक महिना मैदान बाहिर हुने भएपछि पीएसजीमाथि तनाब बढेको छ । आउँदो साता पीएसजीले बायर्न म्युनिखसँग च्याम्पिसन्स लिगको दोस्रो लेग खेल्दैछ ।