दीपेन्द्र र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

काठमाण्डु टुडे २०७९ फागुन ५ गते १७:२२ मा प्रकाशित

काठमाण्डु,५ फागुन– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले स्कटल्यान्डसँग नेपालले विजयी भएको छ ।

दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाएका थिए ।

कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाएका थिए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक बनाएका हुन । नेपालका दीपेन्द्र सिंह ऐरीले सबैभन्दा धेरै ८५ रनको योगदान गरेका छन ।

८ चौका र एक छक्काको सहारामा ११६ बल खेल्दै उक्त योगफल तयार गरेका हुन् । ऐरीले कुशल मल्लसँग उत्कृष्ट साझेदारी गर्दै धर्मराएको नेपालको खेललाई लयमा फर्काए। मल्लले ६७ बल खेल्दै ८१ रन बनाए।

९ चौका र ६ छक्का प्रहार गरेका उनी क्याचआउट भएका हुन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८ बलमा १६ रन बनाएका थिए । उनी तेस्रो ओभरको पहिलो बलमा आउट भए ।

त्यसैगरी, सोमपाल कामीले २४ रनसहित अविजित खेले। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेका थिएनन् । स्कटल्याण्डसँग जवाफी गर्दा नेपालले ११ औं ओभरमै पाँचौं विकेट गुमाएको थियो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।

माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको पारी खेले। २४ ओभरमा ६ विकेट गुमाएर १११ रन बनाएको स्कटल्यान्डलाई लिस्कले उकासेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिदै ३ विकेट लिए थिए । यसैगरी, कुशल मल्लले २, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १ विकेट बनाएका थिए ।

नेपालले पहिलो खेलमा मंगलबार नामिबियालाई २ विकेटले हराएको थियो। स्कटल्यान्डले भने नामिबियालाई १० विकेटले हराएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us