ओलीलाई कांग्रेस सांसद पौडेलको प्रश्न: भीम रावल र घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १४:०७ मा प्रकाशित

काठमाण्डु,३ फागुन– कांग्रेस सांसद प्रदीप पौडेलले आफ्नो पार्टीको लोकतन्त्रमाथि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरेको भन्दै त्यसको प्रतिवाद गरेका छन् ।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताउका हुन । उनले एमालेकै लोकतन्त्रमाथि प्रश्न रहेको पनि बताएका छन । उनले तुलनात्मक रुपमा एमाले भन्दा कांग्रेस लोकतन्त्रवादी रहेको बताएका छन ।

उनले आफूले पार्टीको संसदीय दलको नेताको चुनावमा सभापति शेरबहादुर देउवालाई भोट नहालेको भन्दै उनले भने, ‘गएको संसदीय दलको चुनावमा मैले सभापतिलाई भोट हालिन । तर, उहाँले मलाई सुत्रुतापूर्ण व्यवहार गर्नुहुन्न ।’

आफ्नो पार्टीमा रहेको यस्तो लोकतन्त्र एमालेमा नभएको बताएका छन । उनले भने, ‘म तपार्ई एमाले अध्यक्ष ओली लाई सोध्न चाहन्छु ।

भीम रावल कहाँ हुनुहुन्छ ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ ?’ यी प्रश्नहरु एमाले पार्टीमा भएका अभ्यासले ले लोकतन्त्र विकसित गर्ने प्रयासमा गम्भीर स्थिति सिर्जना भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us