क्रिकेट प्रशिक्षक दसानायेके नआउने संकेत

काठमाण्डु टुडे २०७१ साउन ४ गते २:३२ मा प्रकाशित

dasanayakeकाठमाण्डु, ४ साउन –राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दसानायकेले आफ्नो करार अवधि एक वर्ष थप भएपनि नेपाल फर्कने रनफर्कने बारे आफू अन्यौलमा रहेको बताएका छन् ।

दि काठमाडौं पोष्टसंग कुरा गर्दै दसानायकेले नेपाल फर्कनेबारे कुनै निर्णय गरि नसकेको बताए । सरकारले करार अवधि एक वर्ष थप गरेपनि यसअघि आर्थिक अभावको कारण देखाउदै म्याद थप गर्न नसकिने बताएको नेपाल क्रिकेट संघ रक्यानसंग काम गर्न असहज हुने उनको भनाई छ ।

आफू नेपाल आउन ईच्छुक भएपनि यहाँ काम गर्ने वातावरण अनूकुल भई नसकेको उनले बताए ।
दसानायकेले भने – म कसैको विरुद्धमा छैन तर काम गर्नका लागि उचित वातावरण आवश्यक हुन्छ । मैले कोसंग काम गर्ने हो अझै अन्यौल छ । क्यानले आर्थिक अभावको कारण देखाउदै दसानायकेको म्याद थप गर्न नसक्ने बताए पनि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनको करार अवधि १ वर्ष थप गर्ने निर्णय गरेको थियो । हाल उनी क्यानडामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us