
काठमाण्डु ,१३ माघ -केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने भयको छ।
प्रतियोगितामा विजेताले १० लाख पाउने भएको छन भने उप विजेताले ५ लाख पाउने जनाएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको गर्दै विजेताले १० लाख पाउने बतायको छ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुने बतायको छ। यस्तै लिग चरणका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत हुनेछ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्।
पूर्व प्रधानमन्त्री, राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ ले जनायको छ।