
जुम्ला ,९ माघ– जुम्लामा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको पातारासी गाउँपालिकामा रहेको डिल्ली साना जलविद्युत आयोजनाको नालामा सोमबार दिउँसो १ बजे एक जना मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोही ठाउँका ४७ वर्षीय जोरासिंह बुढा मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताएका छन ।