प्रहरीको निष्कर्ष: स्पट फिक्सिङमा ४ नेपालीसहित ६ जना विदेशी संलग्न

काठमाण्डु टुडे २०७९ माघ ९ गते १४:२८ मा प्रकाशित

काठमाण्डु,९ माघ– प्रहरीले गत महिना काठमाण्डुमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० स्रोतले बताएको छ ।

जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबी स्रोतले बताएको छ । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us