सरकारद्वारा पुबुदुको करार अवधि एक वर्ष थप

काठमाण्डु टुडे २०७१ साउन २ गते ६:२५ मा प्रकाशित

pubuduकाठमाण्डु, २ साउन – सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रशिक्षक पुबुदुको करार अबधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

यसअघि नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षक पुबुदुलाई मासिक तलब खुवाउन नसक्ने भन्दै करार अबधि नथप्ने निर्णय गरेपनि सरकारले एक वर्षका लागि आफैले तलब दिने बताएको थियो ।

पाँच सचिवको राजीनामा स्वीकृत

यसैगरी बैठकले सेवा अवधि सकिन लागेका पाँच सचिवले दिएको राजीनामास्वीकृत गरेको छ ।

साउन सात गतेदेखि लागू हुनेगरी राजीनामा दिएका सचिवहरु प्रतापकुमार पाठक, नाथुराम चौधरी, कृष्णहरी बास्कोटा, सुशील घिमिरे र गणेशराज जोशीको राजीनामा बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।यसैगरी वामपन्थी नेतृ सहाना प्रधानको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us