राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय पाउने पक्का

काठमाण्डु टुडे २०७९ माघ २ गते १५:४७ मा प्रकाशित

काठमाण्डु,२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुने पाउने छन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री   पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ ।

सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन ।

उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भइसकेको छ ।

उसले अर्को लय युवा तथा खेलकुद मन्त्रालय पाउने सम्भावना रहेको छ छ । यसमा माओवादी केन्द्रको पनि दाबी रहेकाले अन्तिम निर्णय नभएको स्रोतले बताएको छ । रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us