मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २ गते १२:०१ मा प्रकाशित

दाङ,२ माघ–दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका९१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।

सोमबार बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताएका छन । दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us