श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २८ गते १४:३५ मा प्रकाशित

पाल्पा,२८ पुुस– प्रहरीले श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका–७ की प्रियंका थापाले श्रीमान ३० वर्षीय शेरजंग थापालाई ज्यान मार्ने उद्देश्यले पेटमा धारिलो चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।

श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भएपछि ज्यान मार्ने उद्देस्यले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

प्रियंकालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us