
काठमाण्डु, २८ पुस– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
जमकट्टेल प्रधानमन्त्री भेट्न बिहीबार बिहान सरकारी निवास बालुवाटार पुगेका थिए । त्यस क्रममा दुई जनाबीच एक आपसमा बधाई साटासाट भएको थियो ।
माओवादी बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेलले मंगलबार मुख्यमन्त्रीको सपथ लिएका थिए । यसअघि प्रधानमन्त्री प्रचण्डसँग बुधबार गण्डकीका मुख्यमन्त्री खजराज अधिकारीले भेटेका थिए ।