
काठमाण्डु,२४ पुस– लुम्बिनी अल स्टार्स टिम जनकपुर रोयल्सलाई ६ रनले पराजित गरी नेपाल टी २० लिगको फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो ।
जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र जोड्न सकेको थियो । । अन्तिम ओभरमा लुम्बिनीका किशोर महतोको पहिलो बलमा सोमपाल कामीले १ रन लिएका थिए ।
विष्फोटक ब्याटिङ गरिरहेका पवन सर्राफले त्यसपछिका तीन बलमा रन लिग सकेनन् । पाँचौं बलमा २ रन लिएका उनले अन्तिम बलमा पनि रन बनाउन सकेनन् ।
पवन १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन् । जनकपुरका लागि सामीउल्लाह सेनवारीले सर्वाधिक ४५ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर सराफउद्धिन अश्रफले १९ बलमा २४ रन बनाए । कप्तान ट्रेभोन ग्रिफिफ्तले १० रन जोडेन सफल भएका थिए । बलिङमा लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २–२ विकेट गरेका थिए ।
यसअघि लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए । ओपनर हर्मीत सिंह पहिलो बलमै आउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे ।
कप्तान दिपेन्द्रसिंह ऐरी १०, अनिल शाह २४ र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे । बलिङमा जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २–२ विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफिफ्त र पवन शर्राफले १–१ विकेट लिन सफल भएका थिए ।