मेस्सीको बहिर्गमन क्लबका लागि राम्रो हुनेछ: बार्सिलोनाका अध्यक्ष लापोर्टा

काठमाण्डु टुडे २०७९ पुष २२ गते १४:२२ मा प्रकाशित

एजेन्सी– बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको बताएका छन ।

अध्यक्ष लापोर्टाले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेर बोलेका छन् । उनले दुई पक्षबीच अहिले पनि कुराकानीको सम्भावना समाप्त भइनसकेको बताए ।

उनले भने, ‘ फुटबल इतिहासको सर्वश्रेष्ठ खेलाडीलाई मैले बार्सिलोनामै राख्नुपर्ने थियो,’ ‘ध्वस्त अर्थतन्त्रको त्यो समयमा मैले उनलाई राख्न सकिनँ । मलाई लाग्यो उनको बहिर्गमन क्लबका लागि राम्रो हुनेछ ।’

उनी अहिले पीएसजीका खेलाडी हुन् । र, अहिले उनका बारेमा धेरै कुरा गर्न चाहन्न । हामी बार्सिलोनामै ध्यान केन्द्रित गछौं,’ लापोर्टाले थपे, ‘लियो सधैं हाम्रो क्लबको एक हिस्सा हुनेछन् ।

म चाहन्छु उनको करिअरको अन्त्य अहिलेभन्दा फरक होस् । धेरै विकल्पहरु छन्, तर, अहिले नै उनलाई यो भन्नु गलत हुनेछ । किनभने हामीबीच एउटा सम्बन्ध छ ।’

उनले टिमका कप्तान सर्जियो बुस्केटको भविष्य र उनलाई दीर्घकालीन रुपमा प्रतिस्थापन गर्न सक्ने खेलाडीका बारेमा पनि सोधिएको थियो । रुवेन नेभेज एक उत्कृष्ट खेलाडी हुन् ।

तर, यो हामीबीचको व्यक्तिगत कुराकानी हो,’ वुल्भ्सका पोर्चुगिज खेलाडीबारे प्रश्न गर्दा उनले सुरु गरे, ‘बुस्केट सधैं रहँदैनन् र उनको स्थान लिनका लागि आन्तरिक रुपमा छलफल भइरहेको छ ।

उनले म्यानचेस्टर सिटीका बर्नान्डो शिल्भासँग जोड्ने सम्भावना पनि पेश गरेका छन् । ‘हामी बर्नान्डो शिल्भाका लागि ८० मिलियन युरो चाहिँ तिर्न नसकने बताएका छन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us