टि २० क्रिकेटमा अनलाइन बेटिङ गराएको आरोपमा एक भारतीय युवक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष २१ गते १४:२२ मा प्रकाशित

काठमाण्डु,२१ पुस-नेपाल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरीकलाई पका्रउ गरेको छ ।

पका्रउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् । प्रतिक लाई बुधबार दिउँसो कीर्तिपुर नगरपालिका १०स्थित क्रिकेट खेल मैदानमाबाट प्रहरीले पक्राउ गरेको हो ।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा उनले मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाइन बेटिङ गराएको प्रहरीको आरोप छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us