युरोप र अमेरिकाको अफर त्यागेर साउदी आएको हुँ: रोनाल्डो

काठमाण्डु टुडे २०७९ पुष २० गते १५:२९ मा प्रकाशित

 काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । उनले यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको बताएका छन ।

एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो ।

पोर्चुगलका यी कप्तानका अनुसार उनलाई युरोपसहित ब्राजिल, अष्ट्रेलिया र अमेरिकाबाट प्रस्ताव आएको थियो । मंगलबार क्लबको सार्वजनिक कार्यक्रममा उनले भने, म यसकारण यो क्लबमा आएँ कि मैले यहाँ वचन दिइसकेको थिएँ,’ ‘मैले युरोपका शीर्ष क्लबहरुमा खेलेर सबैकुरा जितेको छु । अब नयाँ चुनौति स्वीकार गरी एसिया आएको हो ।’

अल नासरबाट रोनाल्डोले इतिहासमै सबैधन्दा धेरै पारिश्रमिक पाउनेछन् । सन् २०२५ सम्मका लागि गरिएको सम्झौताअनुसार उनले प्रति वर्ष २० करोड डलर पारिश्रमिक पाउनेछन् ।

रोनाल्डोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्, ‘कसैलाई थाहा छैन तर आज म भन्दैछु । मलाई युरोपमै धेरै अवसर थियो ।

ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलकै पनि धेरै क्लबहरुले प्रस्ताव गरेका थिए । मलाई थाहा छ यहाँको लिग प्रतिस्पर्धात्मक छ ।

मैले धेरै खेलहरु हेरेको छु । म आजदेखि खेल्नका लागि तयार छु । कहिले खेल्ने भनेर प्रशिक्षकको निर्णयमा भर पर्छ,’ रोनाल्डोले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us