पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्छ: अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०७९ पुष १७ गते १५:१२ मा प्रकाशित

पोखरा,१७ पुस– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

आज (आइतबार) पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन । पौडेलले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयले पनि सहयोग गर्ने बताएका छन ।

उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’

उनले पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ यो विमानस्थल बनेको भन्दै अब यो चाहाना पुरा हुने बताएका छन । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनप्रतिनिधि र जनताले अथक प्रयास गरेका बताएका छन ।

यो विमानस्थल निमार्णमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पौडेलले स्वर्गीय अधिकारीको स्मरण समेत गरेका छन ।

उनले आफू पनि गण्डकीको माटोमा जन्मिएको बताउँदै गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएका र अब यसलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us