
काठमाण्डु,१७ पुस– काठमाण्डु महानगरपालिका–२३ सुविधानगरमा अपरिचित समूहले गरेका चक्कु प्रहार बाट एक जना युवक घाइते भएका छन ।
घाइते हुनेमा गोरखा घर भएर हाल सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल रहेका छन । उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
उनी माथि हिजो शनिबार साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा प्रहार गरेर भागेका थिए । निखिलको दायाँ छातीमा चोट लागेको छ ।