बुटवलमा जिप दुर्घटना, एकको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १६ गते ९:४७ मा प्रकाशित

बुटवल, १६ पुस– बुटवलमा गएराति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ग१ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति अस्पताल लाइनमा दुर्घटना भएको हो ।

दुर्घटनामा प्युठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप पश्चिमबाट पूर्वतर्फ आउँदै थियो । दुर्घटनामा प्यूठानकै २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन् ।

घाइतेमध्ये सुरेशको अवस्था गम्भीर छ । तीव्र गतिका कारण जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us