प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ पुष १५ गते ११:०३ मा प्रकाशित

काठमाण्डु,१५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जानकारी दिएको छ ।

बिहीबार सत्ता साझेदार दल माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सरकार साझा न्यूनतम कार्यक्रमका विषयमा सहमति भएको थियो ।

सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us