नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउने

काठमाण्डु टुडे २०७९ पुष ८ गते १२:२४ मा प्रकाशित

काठमाण्डु,८ पुस– शनिबारदेखि सुरु हुने नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार प्रप्त गर्ने भएका छन ।

प्रतियोगिता सुरु हुनु अघिल्लो दिन आज नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो ।

सेभेन थ्रीका प्रमुख जतिनले १ करोड २५ लाख रुपैयाँको कुल पुरस्कार राशी सार्वजनिक गरेका छन । जसमा उपाधि विजेताले ५५ लाख, उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले क्रमसः १० र ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ  पाउने छन । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार  पाउने छन । इमजिृङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ प्रप्त गर्ने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us