
काठमाण्डु,७ पुस– ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पेलेको क्यान्सर फैलँदो अवस्थामा रहेको जानकारी दिएको छ ।
तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने बताएकी छन ।
पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले भनेको छ, ‘पेलेको क्यान्सर रोग फैलँदो अवस्थामा छ । उनको मिर्गौला र मुटुको विशेष ध्यान राख्नुपर्ने आवश्यकता छ ।’ सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो ।
त्यसयता उनको नियमित उपचार हुँदै आएको छ । ‘ साओ पाउलोको यो अस्पतालले पेले भर्ना भएगलत्तै स्वासनलीमा संक्रमण देखिएको र उपचार भइरहेको जनाएको थियो ।
केहि समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेको बताएको थियो । पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरी सर्वकालीन अग्रणी गोलकर्ता हुन् ।