अर्जेन्टिनामा उत्सव मनाउन ४० लाख मानिस सडकमा

काठमाण्डु टुडे २०७९ पुष ६ गते १४:२० मा प्रकाशित

काठमाण्डु,६ पुस– अर्जेन्टिनाले कतारमा भएको विश्वकप फुटबल २०२२ को आइतबार भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकपको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ ।

जनताको उत्साह यति थियो कि जनसागरका कारण टोलीका खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन् र उनीहरुलाई हेलिकप्टरबाट लैजानु परेको थियो ।

अर्जेन्टिनाका खेलाडीहरूले राजधानी भिनोस सेरेसको मंगलोरमा खुला बसमा विश्वकपको साथ परेड निकाल्ने योजना बनाएका थिए । तर, खेलाडी र कपको झलक हेर्न लाखौं मानिस सडकमा भेला भएका थिए ।

यो संख्या यति धेरै थियो कि खेलाडीको बसले निर्धारित रुट पनि पूरा गर्न सकेका थिएन् । भीडका कारण बस गुड्ने ठाउँ पाएन र खेलाडीलाई हेलिकोप्टरमा राखेर लगिएको थियो ।

समाचार एजेन्सी रोयटर्सले देशको स्थानीय मिडियालाई उद्धृत गर्दै परेडको बाटोमा करिब ४० लाख मानिस भेला भएको जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस पुलमुनि जाँदा केही फ्यानहरू बसमा चढ्न खोजिरहेका देखिन्छन् । यस्तोमा सुरक्षाका कारण आठ घण्टाको यो यात्रालाई छोटो पारिएको थियो ।

यसलाई अर्जेन्टिनाको फुटबल टिमका कप्तान लियोनेल मेस्सीको अन्तिम विश्वकप पनि भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us