
काठमााण्डु,५ पुस– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड पाएका छन ।
बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि दिलाएका थिए ।
मेसीको यो पहिलो विश्वकप उपाधि हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्ने मेसीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।
मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरे । उनले ७ मध्ये ६ खेलमा गोल गरेका थिए भने फाइनलमा २ गोल गरेका थिए । विश्वकप उपाधि जितेपछि मेसी विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् ।
उनी पेले र म्याराडोनाको लेभलमा पुग्न सफल भएका छन । मेसीले सर्वाधिक ७ पटक बालोन डी’ओर अवार्ड समेत जितेका छन् । साथै उनले चार पटक च्याम्पियन्स लिग, १० ला लिगा र एक पटक फ्रेन्च लिग वानको उपाधि प्रप्त गर्न सफल भएका छन ।
मेसीले अर्जेन्टिनाका लागि १७२ खेल खेल्दै ९८ गोल गरेका छन् । मेसीले आफ्नो करियरमा कूल ७९३ गोल गरेका छन् । अर्जेन्टिनालाई पहिलो उपाधि दिलाएपछि मेसीले सन्यास नलिने बताएका छन । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।