पब्जी विश्वकपमा नेपालका दुई टोली अन्तिम चरणमा

काठमाण्डु टुडे २०७९ पुष ४ गते १०:३७ मा प्रकाशित

काठमाण्डु,४ पुस– मलेसियामा जारी अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् ।

चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् ।

सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए ।

नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने भएका छन । यो प्रतियोगिताको कूल पुरस्कार रकम $ ४० लाख रुपैयाँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us