एम्बाप्पेले पाए सुनको बुट

काठमाण्डु टुडे २०७९ पुष ४ गते ०:३१ मा प्रकाशित

काठमाण्डु, ४ पुस– अर्जेन्टिनाविरुद्धको खेलमा ह्याट्रिक गरेका फ्रान्सका केलियन गोल्डेन बुट एम्बाप्पेले जितेका छन् ।

कतारमा आइतबार राति सम्पन्न २२औं संस्करणको विश्वकपमा २३ वर्षीय एम्बाप्पेले ८ गोल गरेका थिए । उनले विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारे । एम्बाप्पेले ७ खेलमा ८ गोल गरे ।

समूह चरणअन्तर्गत अष्ट्रेलियाविरूद्धको खेलमा १ गोल गरेका एम्बाप्पेले डेनमार्कविरूद्ध दुई गोल गरे । एम्बाप्पेले प्रि क्वाटरफाइनलमा पोल्याण्डविरूद्ध २ गोल गरेका थिए । आइतबार फाइनलमा उनले चार गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us