
काठमाण्डु, ४ पुस– अर्जेन्टिनाले २२औं विश्वकपको उपाधि जितेको छ ।
कतारमा जारी विश्वकपको फाइनलमा फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो । विश्वकपमा अर्जेन्टिनाको यो तेस्रो जित हो अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।
निर्धारित ९० मिनेटमा २–२ गोल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । अतिरिक्त समयमा दुवै टिमले थप १–१ गोल गरेपछि खेलमा ३–३ बराबरी भयो । पेनाल्टी सुटआउटबाट जितहारको फैसला भएको हो ।
अर्जेन्टिनाका लागि लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा एकएक गोल गरे । गोलकिपर इमिलियानो मार्टिनेजले पेनाल्टीमा प्रान्सको तीन प्रहार ब्यर्थ पारिदिए । फ्रान्सका लागि केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके ।
अर्जेन्टिनाका लागि खेलको ३३औं मिनेटमा कप्तान मेसीले पेनाल्टीमा पहिलो गोल गरेका थिए । अोस्मान डेम्बेलेले डि मारियालाई धकेलेर लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पहिलो हाफको ३६औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र रोमाञ्चक दुई गोल गर्दै खेललाई बराबरीमा पु-याएका थिए । अतिरिक्त समयको १ सय ९औं मिनेटमा गोल गर्दै मेसीले अर्जेन्टिनालाई अग्रता दिलाए । अतिरिक्त समयको ३ मिनेट बाँकी छँदा फ्रान्सका लागि एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा पु¥याए ।