मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेश्रो

काठमाण्डु टुडे २०७९ पुष ३ गते २:४८ मा प्रकाशित

DOHA, QATAR – DECEMBER 17: Josko Gvardiol of Croatia celebrates after scoring the team’s first goal during the FIFA World Cup Qatar 2022 3rd Place match between Croatia and Morocco at Khalifa International Stadium on December 17, 2022 in Doha, Qatar. (Photo by Michael Regan – FIFA/FIFA via Getty Images)

दोहा, ३ पुस– फिफा विश्वकप–२०२२ मा क्रोएसिया तेस्रो भएको छ ।

कतारको राजधानी दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान पक्का गरेको हो ।

क्रोएसिया यसअघि सन् २०१८ को विश्वकपमा उपविजेता भएको थियो । क्रोएसियाले खेलको सातौं मिटेनमै १–० को अग्रता लिएको थियो । क्रोएसियाका लागि जोस्को ग्भार्डिओलले पहिलो गोल गरे ।

तर, त्यसको दुई मिनेटमै मोरक्कोका लागि अर्चरफ डारीले गोल गर्दै खेललाई बराबरी गरे । खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्ला ओरसिकले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । मोरक्को चौथो भएको छ ।

मोरक्कोले विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टोलीको रेकर्ड बनाएको छ । क्रोएसियाले तेस्रो उपाधिसहित २७ मिलियन डलर जितेको छ । चौथो स्थानको मोरक्कोले २५ मिलियन डलर पाएको छ ।

विश्वकप–२०२२ को उपाधि भिडन्त आजै हुँदैछ । उपाधिका लागि अर्जेन्टिना र अघिल्लो संस्करणको विश्वकप विजेता फ्रान्स भिड्ने छन् । खेल
नेपाली समयअनुसार राति ८ः४५ मा हुनेछ । सेमिफाइनलमा फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई हराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us