मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते ११:५६ मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको छ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता दिलाएका थिय ।

हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९ औं मिनेटमा थपेको थियो। बल पोसेसनमा पक्कड जमाए पनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन।

फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि आइतबार अर्जेन्टिनासँग फाइनल खेल खेल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us