
काठमाण्डु,२७ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा सेमिफाइनल खेलमा फिफाले विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै नयाँ बल प्रयोग गर्ने भएको छ ।
सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले जनाएको छ । अल हिल्म’ को अर्थ अरबी भाषामा ‘सपना’ हो ।
अल रिहलाको अर्थ ‘यात्रा’ थियो । आज पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
हाल प्रयोग भएको बलमा रेफ्रीलाई सहयोग गर्ने प्रविधि प्रयोग भएको छ । नयाँ अल हिल्म बलको प्राथमिक रंग सुनौलो र त्रिभुज प्याटर्न भएको छ । यस मोडलको बललाई इन्डोनेसियाको एक कम्पनीले निर्माण गरेको थियो ।