विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १४:१३ मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछन् ।

यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा प्रवेश गर्ने छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us