विश्वकप क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १२:२० मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने भएको छ ।

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने छ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us