विश्वकपको क्वार्टरफाइनलमा मोरक्को पहिलो यात्रा

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते ११:४२ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– कतार जारि विश्वकप फुटबल २०२२मा मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै अफ्रिकि राष्ट्र् मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनलाई पेनाल्टी ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे ।

यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us