कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने पोचुगलका रामोस

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते ११:२७ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– पोचुगलका स्ट्राइकर गोन्कालो रामोस कतार जारि विश्वकप फुटबल २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा रामोस जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए ।

बुधबार राति स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । रामोसले १७ औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए ।

रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१ औं मिनेटमा गरे । रामोसले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । रसिया विश्वकप २०१८ मा दुई ह्याट्रिक भएका थिए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक पूरा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us