
काठमाण्डु,१९ मंसिर– फ्रान्सका फुटबल स्टार किलियन एमबाप्पेले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि नभई विश्वकप जित्नु रहेको बताएका छन् ।
कतारमा जारी विश्वकप फुटबलमा २०२२ मा आइतबार पोल्याण्डलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए । उनी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समेत शीर्ष स्थानमा छन् ।
अल थुमामा स्टेडियममा भएको खेलमा एमबाप्पेले ओलिभर जिरुडको गोलका लागि असिस्ट समेत गरेका थिए । एमबाप्पेले अंग्रेजीमा भने, मेरो एक मात्र उदेश्य भनेको विश्वकप जित्नु हो,’ अब अर्को खेल क्वाटरफाइनल जित्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको मैले जे सपना देखेको छु र एक मात्र सपना विश्वकप जित्नु हो ।’ उनले आफू कतारमा उत्कृष्ट खेलाडी वा सर्वाधिक गोलकर्ताको अवार्ड जित्न नआएको र विश्वकप जित्न आएको समेत बताएका छन् ।
‘म यहाँ विश्वकप जित्न आएको हुँ । म गोल्डेन बल वा गोल्डेन बुट जित्न यहाँ आएको होइन । यदी मेले व्यक्तिगत अवार्ड जितेमा निश्चय पनि म खुशी हुनेछु तर म त्यसको लागि यहाँ आएको होइन । म यहाँ फ्रान्स राष्ट्रिय टिमलाई सहयोग गर्न र जित्न आएको हुँ ।’