
काठमाण्डु,१८ मंसिर– चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो ।
गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने डिभिजन वन कार्यालयले चितवनले बतानएको छ । गैंडाको खाग र खुर भने भेटिएको छैन ।
डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले बताए ।
उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ ।