मेसी गोल्डेन बुटको दौडमा

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १५:३४ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखेका हुन ।

गय राती भएको खेलमा उनले अस्ट्रेलियाविरूद्ध ३५ मिनेटमा डिबक्सभित्रबाट आकर्षक गोल गरे। जारी विश्वकपमा यो उनको तेस्रो गोल रहेको थियो ।

उनले समूह चरणको खेलमा साउदी अरेबियाविरूद्ध पेनाल्टी र मेक्सिकोविरूद्ध पनि गोल गरेका थिए। अहिले गोल्डेन बुटको सूचीमा फ्रान्सका केलियन एम्बाप्पे, नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड रहेका छन सन् २०१४ को विश्वकपमा मेसीले गोल्डेन बल जितेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us