
काठमाण्डु, २९ असार –अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीका लागि इंग्लिस क्लव म्यानचेष्टर सिटीले २० करोड पाउण्ड खर्च गर्ने तयारी गरेको छ ।
स्पेनिस क्लव बार्सिलोनामा रहेका मेसीलाई क्लवमा भित्र्याउनका लागि सिटीले २० करोड पाउण्ड खर्च गर्न तयार रहेको भन्दै आफ्ना एजेन्टहरुलाई कुरा अघि बढाउन निर्देशन दिएको वेलायती अनलाइन डेलीमेलले जनाएको छ ।
मेसीले हालसालै मात्रै बार्सिलोनासँग बार्षिक १ करोड ६३ लाख पाउण्ड तलब पाउने गरी नयाँ सम्झौता गरेका छन् । मेसी बार्सिलोनामै खुसी रहेकाले उनले बार्सिलोना छाडिहाल्ने संकेत भने छैन ।
उनले जारी विश्वकपमा अहिलेसम्म ४ गोल गरेका छन् । उनले अर्जेन्टिनालाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् ।