एन्फा ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने

काठमाण्डु टुडे २०७९ कार्तिक २९ गते १७:४४ मा प्रकाशित

काठमाण्डु,२९ कातिक– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप फुटबलको २९० वटा टिकट बिक्री गर्ने भएको छ ।

आज बसेको एन्फा कार्यसमितिको बैठकले नेपालले प्राप्त गर्ने विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्था, फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले बताए ।

बैठकले शहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ए, बी र सी डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय पनि गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us