काठमाण्डु,२३ कातिक– फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले गरेको छ ।
यसअघि सन् यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही भएको थियो । सन् २०१० मा स्पेनले विश्वकप जितेको थियो ।
सन् २०१४ को विश्वकप जर्मनीले जितेको थियो भने २०१८ मा फ्रान्सले विश्वकप जित्ने सहि साबित भएको थियो । फिफाले प्रतियोगिताको समूह विभाजन अनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको हो ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलाई हराउँदै उपाधि जितेको छ । फिफाको सिमुलेसन अनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी ७ खेलमा ८ गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्ने पनि देखीएको छ ।