काठमाण्डु,६ कातिक– इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड मुस्किलले हारबाट जोगिएको छ । ९० मिनेटपछिको अतिरिक्त समयको ४ औं मिनेटमा कासेमिरोले गोल गरेपछि युनाइटेडले हार जोगीएको हो ।
घरेलु मैदानमा भएको खेलमा ८७ औं मिनेटमा पेनाल्टीमार्फत् चेल्सीले अग्रता बनाएको थियो। ८७ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई ३ अंक सुरक्षित गर्ने अवसर दिलाएका थिए। तर, अतिरिक्त समयमा कासेमिसरोले गोल गरेपछि चेल्सी अंक बाँड्न बाध्य भयो।