क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा 

काठमाण्डु टुडे २०७९ असोज ५ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, ५ असोज–  नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा मनोनयन गरेका छन् जसमा दास पनि परेका छन् । 

उनले सन् २००० मा युनाइटेड अरब इमिरेट्स विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us