इजरायलद्वारा गाजापट्टीमा हवाई आक्रमण

काठमाण्डु टुडे २०७१ असार २४ गते ३:४४ मा प्रकाशित

काठमाण्डु, २४ असार– इजरालयलले प्यालेष्टाइनलाई लक्षित गरी विवादास्पद जागापट्टी क्षेत्रमा थप हवाई आक्रमण गरेको छ ।
akramanइजरायली सेनाले एक घण्टाको बीचमा करिब ४० वटा रकेट खसालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलको दक्षिण क्षेत्रमा रकेट आक्रमण गरेलगत्तै इजरायलले जवाफी कारबाही स्वरुप हवाई हमला गरेको हो । हमलामा बालबालिकासहित कम्तिमा ६ जना घाइते भएका छन् ।
महासले तीन इजरायली नागरिकको हपहरणपछि हत्या गरेलगत्तै इजरायलमा एक प्यालेस्टिनी किशोरको हत्या भएको थियो । त्यसयता दुई मुलुकबीच तनाव चर्किंदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us