नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजानिक 

काठमाण्डु टुडे २०७९ भदौ ३१ गते १३:२३ मा प्रकाशित


काठमाण्डु, ३१ भदौ- नवौ राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजानिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई ७ वटै प्रदेशमा घुमाउने तयारी भईरहेको छ । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताका छन ।

ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गते पोखरा रंगशालामामा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us