स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो बार्सा

काठमाण्डु टुडे २०७९ भदौ २६ गते ९:५९ मा प्रकाशित

काठमाण्डु, २६ भदौ–  घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

 यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।

फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए । यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । 

खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछी आधा घन्टा बढी खेल रोकिएको थियो । अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४(१ ले हरायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us