सन्दीप लामिछानेले बलात्कार आरोपबारे फेुसबुकमा के लेखे ?

काठमाण्डु टुडे २०७९ भदौ २४ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– आफूमाथि लागेको बलात्कार आरोपबारे राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पहिलोपटक सार्वजनिक प्रतिक्रिया जनाएका छन् ।

लामिछाने हाल वेष्ट इन्डिजको जमैकामा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा रहेका लामिछानेले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथिको अरोप अस्वीकार गरे । उनले आरोप निराधार रहेको दाबी गरे । उनले आफू खेल छाडेर केही दिनमै स्वदेश फर्कने निर्णय लिएको बताए ।

आफू नेपालको कानूनको सम्मान गर्ने भन्दै उनले निस्पक्ष छानबिन हुनुपर्ने माग गरे । ‘म निर्दोष छु नेपालको सम्मानित कानुनमा पूर्ण विश्वास राख्छु । मैले सीपीएलबाट बिदा लिएर केही दिनभित्रै स्वदेश फर्कने निर्णय लिएको छु छु’, लामिछानेले लेखेका छन्, ‘म सबै आधारहीन आरोपहरूको सामना गर्न तयार छु ।’

आपूमाथि आरोप लगाउनेहरुका बारेमा समेत छानबिन हुनुपर्ने माग उनको छ । ‘निर्दोषलाई न्याय दिलाउन र सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याइयोस्’, उनले लेखेका छन्, ‘कानूनले सबैप्रति समान व्यवहार गर्ने आशा लिएको छु ।’

अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार उनलाई निलम्बन गरेको थियो । नाबालिग बलात्कार गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गर्न काठमाण्डु जिल्ला अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको थियो ।

एक १७ वर्षीया किशोरीले लामिछानले आफूलाई ५ भदौमा काठमाण्डुको एयरपोर्टस्थित एक होटलमा जर्बजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । लामिछाने टी–२० सिरिज खेल्न ६ भदौमा केन्या गएका सन्दीप उतैबाट जमैका पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us